क्योकुसिन टोली बुधबार भारत जाने

प्रथम इसिन्कान क्योकुसिन कराते कप काता च्याम्पियनसिपमा सहभागी हुन इन्टरनेसनल फेडेरेसन अफ क्योकुसिन काइकान कराते नेपालको ३ खेलाडीसहित ६ सदस्यीय टोली बुधबार भारतको कोलकाता प्रस्थान गर्ने भएको छ ।
नोभेम्बर २८ तारिखमा हुने प्रतियोगितामा ज्ञानबहादुर तामाङ, दीपक प्रधान र एलेन्स पौडेलले प्रतिस्पर्धा गर्नेछन् । उनीहरुले सिंगल र टिम कातामा आ–आफ्नो कौशल प्रदर्शन गर्नेछन् ।
टिम प्रशिक्षकमा ब्रान्च चिफ प्रेमबहादुर तामाङ, व्यवस्थापकमा संघका महासचिव सूर्यबहादुर लामा र अफिसियलमा संघका सदस्य रेवती सापकोटा रहेका छन् ।
टोलीलाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे, राष्ट्रिय खेलकुद परिषद् सचिवालय प्रमुख सुरेश ढुंगाना, संघका कार्यवाहक अध्यक्ष श्याम थापा तथा उपाध्यक्षद्वय घनश्याम श्रेष्ठ र नवराज सेढाईंले मंगलबार एक कार्यक्रमबीच बिदाइ गरे ।