जिल्लास्तरीय खुल्ला डब्ल व्याड्मिन्ट्न प्रतियोगिताको उपाधि बीरु–चेतनको जोडीलाई

छहारी संवाददाता
फाल्गुन ३०, २०८२

मकवानपुर जिल्लास्तरीय खुल्ला डब्ल व्याड्मिन्टन प्रतियोगिताको उपाधि हेटौंडा–५ का बीरु गुरुङ–चेतन विश्वकर्माको जोडीले जितेको छ ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडामा जारी दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवको अन्तर्गत शनिबार भएको प्रतियोगिताको उपाधि गुरुङ र विश्वकर्माको जोडीले जितेका हुन् ।

यस्तै, हेटौंडा–१० का राम थापा मगर–महेश बोहोराको जोडी उपविजेत बनेका छन् । हेटौंडा–५ का अजय बजागाईं–हेटौंडा–११ का नितिन थापा तेस्रो हुँदा भीमफेदी गाउँपालिकाका भोजराज जोशी–सुमन अर्यालको जोडी सान्त्वना भएका छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका बीरु गुरुङले नगद २ हजार रुपैयाँसहित मेडल तथा ट्रफी प्राप्त गरेका छन् । प्रतियोगिताको उपाधि विजेता, उपविजेता, तेस्रो र सान्त्वना हुनेहरुले क्रमशः२० हजार रुपैयाँ, १० हजार रुपैयाँ र ५ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

उनीहरुलाई हेटौंडा–१०, स्थित टिसीएन चौरको महोत्सवमा मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो । पुरस्कार वितरण कार्यक्रममा जिल्ला खेलकुदका अध्यक्ष राजकुमार मोक्तान, जिल्ला समन्वय समिति मकवानपुरका सभापति ललितबहादुर घलान पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीले पुरस्कार प्रदान गरेका थिए ।

महोत्सवमा अन्य कराँते, तेक्वान्दो भलिबल लगायतका खेलहरु सञ्चालन हुनेछ । मकवानपुर जिल्ला व्याड्मिन्टन संघको सहकार्यमा शुक्रबार सुरु भएर शनिबार प्रतियोगिता सम्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*