हिम्स र ज्ञान निकेतन सेमिफाइनलमा

हिम्स र ज्ञान निकेतन २४ औं ज्ञान कार्निभल अन्तर्गत ब्वाइज बास्केटबलमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । हिम्सले लिटिल एन्जल्स (एलए) लाई ५०–३५ ले पराजित ग¥यो । हिम्सका साम्तेनले १५ अंक जोडे । ज्ञान निकेतनले आयोजक ज्ञानोदयलाई ७३–६८ ले हरायो । विजेताका मनीष तामाङले ३४ अंक बटुले ।
ब्वाइज बास्केटबलमै डेनेबले पुष्पसदनलाई ५६–४९ तथा इनोभेटिभले भानुभक्तलाई ६९–३२ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । डेनेबका सुदर्शन कठायतले २२ तथा इनोभेटिभका आयुश लामा र निखिल व्यञ्जन्कारले समान १७–१७ स्कोर गरे । गल्र्स बास्केटबलको सेमिफाइनल ज्ञानोदय र रिलायन्स तथा इनोभेटिभ र मल्पीबीच हुनेछ ।