विश्व साम्बो च्याम्पियनसिपमा सहभागी हुन साम्बो टोली रुस प्रस्थान

विश्व साम्बो च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित ३ सदस्यीय नेपाली साम्बो टोली मंगलबार रुसको सोची प्रस्थान गरेको छ ।
नोभेम्बर ९ देखि १३ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६२ केजी तौलसमूहमा राजकुमार तामाङले प्रतिस्पर्धा गरेका छन् । प्रशिक्षकमा संघका उपाध्यक्ष समेत रहेका बाबुराजा महर्जन तथा अफिसियलमा संघका अर्का उपाध्यक्ष पुरुषोत्तम सिम्खडा रहेका छन् ।
टोलीलाई टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य नारायणप्रसाद पौडेल, काठमाडौं महानगरपालिकाका पूर्व मेयर राजाराम श्रेष्ठ, सशस्त्र प्रहरीका पूर्व एआईजी कृष्णकुमार तामाङ, संघका कार्यवाहक अध्यक्ष अमिर श्रेष्ठ, कार्यवाहक महासचिव कृष्णबहादुर राउतलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।
प्रतियोगिता दौरान हुने साम्बोको कोंगे्रसमा संघका अध्यक्ष धनञ्जय श्रेष्ठ सहभागी हुने बताइएको छ । मस्कोमा बस्दै आएकाले श्रेष्ठ त्यत्तैबाट कोंग्रेसमा सहभागी हुन सोची जाने छन् ।