नेपालका मानसिंह डोजो टिम च्याम्पियन

छहारी संवाददाता
कार्तिक २२, २०७४

भारतको पन्जाबमा भएको युनिभर्सल कप इन्डो–नेपाल कराते च्याम्पियनसिपमा नेपालका मानसिंह डोजो टिम च्याम्पियन बनेका छन् । मानसिंह डोजो १४ स्वर्ण, २ रजत र १ कांस्यसाथ टिम च्याम्पियन बनेको टोलीसंगै पन्जाबमा रहेका मानसिंहका प्रमुख प्रशिक्षक एवं अन्तर्राष्ट्रिय निर्णायक महेश महर्जनले जानकारी दिनुभयो ।
गोमन गिरी, सुविन सुनार, राजन ब्लोन तामाङ, आकाश मण्डल, राजु गुरुङ, मनीष पराजुली, विज्जु सलामी मगर, एलिना विक, रुपा महर्जन, सिर्जना महर्जन, प्राश्ना थापा, सिवा भण्डारी, आरती भण्डारी र सुमित्रा अधिकारीले आ–आफ्नो स्पर्धामा नेपाललाई स्वर्ण दिलाए । प्रिन्स स्याङ्तान र अशिम गुरुङले रजत जिते भने शंकर भण्डारीले कांस्य पदक हात पारे ।
स्वर्ण विजेता एलिना, शिवा र सुमित्राले भारु ६ हजारका दरले नगद पुरस्कार पाएको महर्जनले जानकारी दिनुभयो  त्यस्तै प्रिन्स स्याङ्तान र आकाश मण्डल समान ३–३ हजार भारुबाट पुरस्कृत भएका छन्। समापनका अवसरमा प्रतियोगिता आयोजक युनिभर्सल सितोरियो कराते फेडेरेसन अफ इन्डियाले प्रमुख प्रशिक्षक महर्जनलाई सम्मान गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*