नेपाल गोजुकाइ कराते डो संघमा अशुराजको निरन्तरता

छहारी संवाददाता
कार्तिक २१, २०७४

नेपाल गोजुकाइ कराते डो संघको साधारणसभाले अशुराज श्रेष्ठलाई अध्यक्षतामा निरन्तरता दिदै २१ सदस्यीय केन्द्रीय कार्यसमिति सोमबार निर्विरोध चयन गरेको छ ।
साधारणसभाले केदारबाबु सिवाकोटीलाई वरिष्ठ उपाध्यक्ष, अशोककुमार पाण्डे, जनार्दन उप्रेती, अनुपकुमार श्रेष्ठ र जंगबहादुर हमाललाई उपाध्यक्ष, इन्द्रबहादुर शाही खड्गेलाई महासचिव, विमलप्रसाद थपलियालाई सचिव तथा श्यामकृष्ण बाटालाई कोषाध्यक्षको जिम्मेवारी सुम्पिएको छ ।
नितेश राई, गोविन्द गुरुङ, अच्यूतराज उप्रेती, जयप्रकाश राई, शान्ति लामा, पेम्बा शेर्पा, सिर्जना दाहाल, पेमा ल्हामु लामा, मिना तामाङ, सागर केसी, रोकशकुमार राजवंशी र दिनेश परियार सदस्यमा चयन भए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*