एसियन यु–१४ ¥याङकिङ टेनिसमा शुभाङगीको विजयी सुरुआत

छहारी संवाददाता
कार्तिक २१, २०७४

नेपालकी शुभाङगीलक्ष्मी शाहले केशा ग्रुप ए एन एल टी ए एसियन यु–१४ ¥याङकिङ टेनिस प्रतियोगिता अन्तर्गत सर्किट २ को गल्र्स सिंगल्समा सोमबार विजयी सुरुआत गरेकी छन् ।
सातदोबाटोस्थित टेनिस कोर्टमा शुभाङगीले नेपालकै रोशनी लिम्बूलाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरिन् ।
सोही स्पर्धाको अन्य खेलमा नेपालकी स्नेहा यादवले नेपालकी आइशा डोल्कर गुरुङलाई ६–२ र ६–४, भारतकी प्राची मन्त्रीले नेपालकी प्रकृति श्रेष्ठलाई ६–० र ६–४, नेपालकी इशाश्री शाहले नेपालकी निमिशा ढकालाई ६–३ र ६–१, भारतकी इलिना झाले नेपालकी अजा रेग्मीलाई ६–० र ६–०, भारतकी वैश्नभी अड्करले नेपालकी सर्भानी श्रेष्ठलाई ६–० र ६–१ नेपालकी रायना शाहले नेपालकी लुमु सो लामालाई २–० रिटायर्ड हर्ट तथा भारतकी हर्साली मान्दभ्करले नेपालकी सलोनी तामाङलाई ६–० र ७–६ ९४० ले हराउदै प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।
अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्समा भारतका सम्प्रित शर्माले नेपालका प्रणव मानन्धरलाई ६–२ र ६–० को सोझो सेटमा पाखा लगाउदै दोश्रो चरणको यात्रा तय गरे ।
पाँददिनसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतबाट २६ खेलाडीले सिंगल्स र डबल्समा प्रतिस्पर्धा गरिहेका छन् । नेपालबाट ४ ब्वाइज र १३ गल्र्स तथा भारतबाट ५ ब्वाइज र ४ गल्र्स सहभागी छन् ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*