लुम्बिनी कलेज, प्रथम चावहिल कप खुला सिक्स ए साइड पुरुष फुटबलको सेमिफाइनलमा

लुम्बिनी कलेज शुक्रबार भएको प्रथम चावहिल कप खुला सिक्स ए साइड पुरुष फुटबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ ।
चावहिलको गणेशथानमा भएको अन्तिम क्वाटरफाइनलमा लुम्बिनीले रामहिटी ‘ए’ लाई ३–१ गोलले पराजितगरेको हो । विजयी टिमका लागि ओम थापाले २ तथा कर्फयु रसाइलीले १ गोल गरे । रामहिटीका मुस्कान लामाले सान्त्वना गोल गरे ।
उक्त खेलसंगै सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा लुम्बिनीको भेट सिन्धु एफसीसंग हुनेछ भने फ्रिडम फाइटरले गुरु गणेशको सामना गर्नेछ ।