बालज्योती माबि पिप्लेको बिजयी सुरुवात

कोकाकोला कप अन्तर बिद्यालय फुटबल प्रतियोगितामा साबिक बिजेता महेन्द्र माबिलाई हराउँदै बालज्योती माबि पिप्लेले बिजयी सुरुवात गरेको छ ।
हेटौडा औद्योगिक क्षेत्र स्थित खेलमैदानमा मगलबार सुरु भएको प्रतियोगितामा महेन्द्र माबि भिमफेदीलाई ट्राइब्रेकरमा हराउँदै बालज्योती माबि पिप्लेले विजयी सुरुवाता गरेको हो ।
खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि ट्राइब्रेकरमा ३–० ले बालज्योती मावि विजयी भएको हो । बाल ज्योतीलाई जिताउन मिलन अर्याल, बुद्ध तितुङ र सुमन राईले १–१ गोल गरे । प्रतियोगिताको म्यान अफ द म्याच बालज्योतीका गोलरक्षक अनन्त पाठक बने ।
मकवानपुर फुटबल संघका कार्यबाहक अध्यक्ष अतुल बर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अरुणराज सुमार्गीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मकवानपुर खेलकुद विकास समितिका अध्यक्ष माधब तिमल्सिना, जिल्ला युवा परिषदका अध्यक्ष सन्तोष चौलागाई लगाएतकाको उपस्थिती रहेको थियो । श्रावण ११ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १६ वटा बिद्यालय सहभागि छन् ।