उसु ः एलिशा सर्वोत्कृष्ट

छहारी संवाददाता
असार २४, २०७४

उसुमा एलिशा सर्वोत्कृष्ट
त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा भएको उसुमा सुदूरपश्चिमाञ्चलकी एलिशा खाती सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् । 

उसुको अन्तिम दिन नान छ्वानको छात्रमा अजय तामाङ र छात्रामा रसु तामाङले स्वर्ण जिते । थाइची छ्वानको छात्रमा मनीष बुढाथोकी र छात्रामा ज्योति तामाङले पहिलो स्थान हात पारे । विजेता चारै मध्यमाञ्चलका हुन् ।

तेक्वानदो ः मध्यमाञ्चललाई उपाधि
कोतेश्वर तेक्वान्दो डोजाङमा भएको तेक्वान्दोमा मध्यमाचल ४ स्वर्ण, १ रजत र २ कांस्यसाथ टिम च्याम्पियन बनेको छ । १ स्वर्ण, १ रजत र ३ कांस्यसाथ मध्यपश्चिमाञ्चल दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको पश्चिमाञ्चलले १ स्वर्ण, १ रजत र २ कांस्य हात पा¥यो ।
छात्रको ४५ केजीमा मध्यमाञ्चलका पुजन खड्का, ४८ केजीमा मध्यपश्चिमाञ्चलका लक्ष्मण गुरुङ र ५१ केजीमा मध्यमाञ्चलका सैलेश गिरी पहिलो भए । त्यस्तै छात्राको ४२ केजीमा मध्यमाञ्चलकी अस्मिता महर्जन, ४४ केजीमा पश्चिमाञ्चलकी पूजा पुराहा र ४६ केजीमा मध्यमाञ्चलकी योगमाया श्रेष्ठले स्वर्ण जिते ।

भलिबल ः
नवौ राष्ट्रिपति रनिङ सिल्ड प्रतियोगिता अन्र्तगत भलिबलमा मध्यमाञ्चल, पश्चिमाञ्चल र पूर्वाञ्चलका महिला र पुरुषका दुवै टोलीले आ–आफ्नो खेल जितेका हुन् । शुक्रबार भएको पुरुष तर्फको खेलमा पश्चिमाले सुदुर पश्चिमाञ्चललाई २५–१३, २५–२२, मध्यमाञ्चलले पुर्वाञ्चललाई २३–२५, २५–१३ र २५–२१, मध्यमाञ्चलले मध्यपश्चिमाञ्चललाई २५–२० र २५–२१ तथा पूर्वाञ्चलले सुदूरपश्चिमाञ्चललाई २८–२६ र २५–१९ को सेटमा पराजित गरेको हो । 
यस्तै, शुक्रबार नै भएको महिला तर्फको पहिलो खेलमा पश्चिमाञ्चलले सुदूर पश्चिमाञ्चललाई २५–१४ र २५–१० को सोझो सेटमा पराजित गरेको छ । यस्तै, मध्यमाञ्चलले पूर्वाञ्चललाई  २५–१६ र २५–४, मध्यमाञ्चलले मध्यपश्चिमाञ्चलाई २५–१३ र २५–२२ तथा पूर्वाञ्चलले सुदूरपश्चिमाञ्चललाई २५–१४, २०–२५ र २५–१० को सेटमा पराजित गरेको हो ।
प्रतियोगितामा शनिबार महिला तर्फ पूर्वाञ्चल र पश्चिमाञ्चल तथा मध्यपश्चिमाञ्चल र सुदुरपश्चिमाञ्चल बीच खेल हुनेछ । उता पुरुष तर्फ भने पश्चिमाञ्चलले पूर्वाञ्चलको सामना गर्दा अर्को खेलमा मध्यपश्चिमाञ्चलले सुदुर पश्चिमाञ्चल सँग प्रतिस्पर्धा गर्नेछ । राउन्ड रोविन लिगको आधारमा सञ्चालन गरिएको प्रतियोगितामा शीर्ष टोलिलाई पहिलो, दोस्रो र तेस्रो घोषण गरिनेछ ।

क्रिकेट ः
नवौ राष्ट्रपति रनिङ सिल्डको क्रिकेटमा पूर्वाञ्चल फाइनलमा प्रवेश गरेको छ । मध्यमाञ्चललाई ५ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । टीयू मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मध्यमाञ्चचले निर्धारित ओभरको समाप्तिमा ७ विकेट गुमाउँदै मात्र ९६ रन जोडेको थियो । ९७ रनको लक्ष्य पछ्याएको पूर्वाञ्चलले प्रस्तुत लक्ष्य मात्र ५ विकेटको क्षतिमा भेटाउँदा ५ विकेटले विजयी भएको हो । पूर्वाञ्चलका लागि अमित यादवले सर्वाधिक ३० रन जोडे भने बलिङ तर्फ मध्यमाञ्चलका गौतम केसीले २ विकेट हात पारे । 
यस्तै, शुक्रबार नै भएको पहिलो खेलमा सुदुरपश्चिमाञ्चलले मध्यपश्चिमाञ्चल लाई २४ रनले पराजितग गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको सुदुर पश्चिमाञ्चलले निर्धारित २० ओभरको समाप्तिमा १ सय ४० रनज जोड्न सफल भएको थियो । खेलमा सुदुर पश्चिमाञ्चलका लागि गजेन्द्र बोहोराले सर्वाधिक ४२ रन जोडेका थिए । जवाफी ब्याटिङमा मध्यपश्चिमाञ्चलले निर्धारित ओभरमा ९ विकेट गुमाएर मात्र १ सय १६ रन जोडेको थियो । मध्यपश्चिमाञ्चलका लागि प्रविन बमले सर्वाधिक १६ रन जोडेका थिए ।
फुटबल ः मध्यपश्चिमाञ्चल फाइनलमा
    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको नकआउट फुटबलको छात्रमा मध्यपश्चिमाञ्चल फाइलनमा प्रवेश गरेको छ । मध्यपश्चिमाञ्चलले पश्चिमाञ्चललाई २–० गोलअन्तरले पराजित ग¥यो । फाइनलमा मध्यपश्चिमाञ्चलको भेट मध्यमाञ्चलसंग हुनेछ ।
    छात्रामा मध्यमाञ्चलले सुदूरपश्चिमाञ्चललाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउदै फाइलनमा स्थान सुरक्षित ग¥यो । निर्धारित ६० मिनेटको खेलमा १–१ गोलको बराबरी भएको थियो । उपाधिका लागि मध्यमाञ्चलले पश्चिमाञ्चलको सामना गर्नेछ । दुवै फाइनल शनिबार हुनेछ ।

कबड्डी ः पश्चिमाञ्चल शीर्ष स्थानमा
    कीर्तिपुरमा भइरहेको छात्र कबड्डीमा पश्चिमाञ्चल शीर्ष स्थानमा छ । पाँच टिम सहभागी राउन्ड रोविन लिगको प्रतिस्पर्धामा पश्चिमाञ्चलले सर्वाधिक ९ अंक जोडेको छ । मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चल समान ६–६ अंकसाथ दोश्रो स्थानमा छन् ।
    छात्रातर्फ मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चल समान ९–९ अंकसाथ संयुक्त रुपमा पहिलो स्थानमा रहेका छन् । दोश्रो स्थानमा रहेको पश्चिमाञ्चलले ६ अंक जोडेको छ ।

श्रेष्ठ र आलोक किर्गिस्तान जाँदै
    नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठ र जुडो प्रशिक्षक पृथ्वी आलोक शनिबार किर्गिस्तानको बिस्केक प्रस्थान गर्ने भएका छन् ।
    श्रेष्ठ जेयुए रेफ्री सेमिनार र आलोक आईजेएफ कन्टिनेन्टल रेफ्री सेमिनार तथा परीक्षामा सहभागी हुन बिस्केक जान लागेका हुन् । कार्यक्रम जुलाई ८ देखि १५ तारिखसम्म हुनेछ । उनीहरुलाई नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले एक कार्यक्रमबीच शुक्रबार बिदाइ गरे ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*