राष्ट्रिय भलिबल खेलाडी मालीलाई दुई लाख आर्थिक सहयोग

छहारी संवाददाता
साउन ६, २०७७

राष्ट्रिय भलिबल खेलाडी प्रतिभा मालीलाई राष्ट्रिय खेलाडी कल्याण कोषले दुई लाख आर्थिक सहयोग गरेको छ ।

कोषले हरेक वर्ष विभिन्‍न समस्यामा परेका खेलाडीलाई आर्थिक सहयोग गर्दै आएको छ भने यस वर्ष उक्त रकम चोटग्रस्त मालीको उपचारका लागि सहयोग प्रदान गरेको हो ।

भलिवल खेल्दै गर्दा घुंडामा चोटग्रस्त मालीको उपचारका लागि सोमबार कोषले दुई लाख रुपैयाँ सहयोग गरेको छ ।

मालीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) का अध्यक्ष दीपक श्रेष्ठ, संस्थापक अध्यक्ष दीपक विष्ट, सागकी दोहोरो स्वर्णधारी आयशा शाक्यलगायतले सोमबार सातदोबाटोस्थित अस्पतालमै पुगेर चेक हस्तान्तरण गरेका हुन् ।

यसअघि मालीलाई राष्ट्रिय खेलकुद परिषद्ले पनि उपचार खर्च स्वरुप पाँच लाख र भलिबल संघका पदाधिकारीले व्यक्तिगततर्फाट दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो ।

माघ १० गते नेपाल भलिबल संघको आयोजनामा त्रिपुरेश्‍वरस्थित राखेपको कभर्डहलमा आयोजना भएको एनभीए कप भलिबल खेल्ने क्रममा उनको घुँडामा चोट लागेको थियो ।

उनलाई डाक्टरले कम्तिमा नाै महिनासम्म रेस्ट गर्नुपर्ने र खेलमा सहभागी हुन नसक्ने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*