भुपिकाे अाैचित्य विवादास्पद भएकाे साहित्यकारहरूकाे निष्कर्ष

छहारी संवाददाता
१३ पुष २०७६, आईतवार ०२:२२

भुपिकाे ८५ अाैं जयन्तिकाे अवसरमा हेटाैडाका साहित्यकारहरूले भूपिलाई विवादास्पद व्यक्तित्वका रुपमा व्याख्या गरेका छन् ।

अाज हेटाैडामा भूपि शेरचनको ८५ औं जन्म दिवसको उपलक्ष्यमा अायाेजित भूपि स्मरणको औचित्यबारे परिचर्चा कार्यक्रमका वक्ताहरूले भूपिको व्यक्तित्व तथा कृतिबारे चर्चा गर्दै उहाँकाे उर्जाशील जीवनकालमा प्रगतिशील विचार प्रधान कृति सृजना गरेर जीवनको उत्तरार्धमा आफ्नो विगत नै गलत थियो भन्ने मान्यता विकास हुनुले पनि भूपि विवादास्पद व्यक्तित्व बनेको वक्ताहरूले वताएका हुन् ।

कार्यक्रममा समालोचाक घनश्याम घिमिरेले भूपिबाट धेरै कुरा सिक्न सकिने बताउनुहुँदै भुपिकाे आफ्नो कृतिमा प्रगतिशील रहेर पनि पछिल्ला दिनहरुमा उनको विचारमा विचलन आएको र भूपिको सृजनात्मकतामा पनि कमी आएको बताउनुभयाे ।

साहित्यकार सुवास खनालले मानिसलाई कृतिगत हिसाबले मूल्यांकन गर्नुे कि उसको जीवनको पाटोलाई हेरेर भन्दै प्रश्न उठान गर्नुभयाे । उहाँले भुपिकाे विचारमा विचलन आएपनि उनका सृजनामा भने प्रगतिशील धार नै कायम रहेको बताउनुभयाे ।

प्रगतिशील लेखक संघ मकवानपुरको आयोजनामा भएकाे परिचर्चा कार्यक्रममा संघकी अध्यक्ष शान्तिप्रिय बन्दनाको सभाध्यक्षता तथा प्रगतिशील साहित्यकार एवम् पत्रकार नवराज शर्माको प्रमुख अातिथ्यता रहेकाे थियाे ।

कार्यक्रममा साहित्यकार निमेष निखिल, निरा शर्मा, उमाकान्त आचार्य, डिबी बर्तौला, सम्राट तुम्बाहाम्फे लगायतले भूमिका रचना वाचन गर्दै उनको व्यक्तित्व तथा कृतिबारे टिप्पणी गर्नसभएकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*