अहिले नसोचे कहिलेः फाल्नु पर्छ अब सब मिलि राख्नु हुन्न यी शेष

छहारी संवाददाता
२३ कार्तिक २०७९, बुधबार ११:३८

लोभी पापीहरु जति मिलि~~~ देश निर्धो बनाए !
आफ्नै छामी उदर सिर चैं~ झुक्दो गिर्दो बनाए !!
लाजै छैन अझ पनि मिलि~~ साँढे झैं डुक्रिएका !
आफ्नै आफ्नै घर बिच महा काँच झैं टुक्रिएका !!
आयो खाने समय जब लौ~~ भाग बण्डा मिलाई !
च्यातिएका सब मनहरु~~~ खाप्सियोले सिलाई !!
माग्दै हिँडछन् घरघर डुली~ जोडी बाहु अचम्म !
छिछि कस्ता नक्कचराहरु नाच्तछन् छम्म छम्म !!
सोच्दै होलान कति जन अझै~~पार्दछौं जाल माँहा !
काट्छन् कोहि अझ पनि चिसो रात त्रिपाल माँहा !!
टाउको दुख्दा चढीकन जहाज पुग्दछन यी विदेश !
फाल्नु पर्छ अब सब मिलि~~~ राख्नु हुन्न यी शेष !!
**********************************
मिथिला अधिकारी मकवानपुर हेटौडा

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*