कोरोना अपडेट : थप ३०३ संक्रमित, ६ जनाको मृत्यु, २८५ संक्रमणमुक्त,

नेपालमा पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म कोरोना संक्रमित हुनेको कुल संख्या २ लाख ७० हजार ९२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ७४ जनाको पीसीआर परीक्षण भएको हो । पछिल्लो २४ घण्टामा २८५ जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ६४ हजार ८२३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या जम्मा संख्या २ हजार १७ पुगेको छ ।