भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा सोमबार साँझ निधन भएको छ। ११ डिसेम्बर सन् १९३५ मा जन्मिएका मुखर्जीको दिल्लीस्थित आर्मी अस्पतालमा निधन भएको भारतीय सञ्चारसंस्थाहरुले जनाएका छन् ।
पूर्व राष्ट्रपति मुखर्जी कोमामा हुनुहुन्थ्यो, उहाँको भेन्टिलेटरको सहायता उपचार भइरहेको थियो । मुखर्जीको स्वास्थ्य अवस्था आइतबारदेखि पुनः नाजुक बनेको थियो । उहाँको फोक्सोमा संक्रमण भएको थियो।
अगस्ट १० मा ब्रेन कल्टको शल्यक्रिया गर्नका लागि गरिएको परीक्षणका क्रममा मुखर्जीलाई कोरोना संक्रमण पनि पुष्टि भएको थियो । सन् २०१२ देखि २०१७ सम्म भारतको राष्ट्रपति रहनु भएको मुखर्जी भारतको १३ औं राष्ट्रपति हुनुहुन्थ्यो । उहाँ २०१२ मा सर्वश्रेष्ठ सांसदबाट सम्मानित समेत हुनुभएको थियो ।