नगर प्रमुख र सोही नगरका ९ स्वास्थ्यकर्मीलाई कोरोना

कोरोना संक्रमणका कारण जटिल अवस्था बन्दै गएको पर्साका अर्का नगर प्रमुखलाई पनि कोरोना संक्रमण भएको छ । पर्साको बहुदरमाई नगरपालिकाका प्रमुखमा कोरोना संक्रमण देखिएको छ ।
शनिबार बिहान नारायणी अस्पतालको प्रयोगशालामा आएको रिपोर्टमा मेयरमा कोरोना संक्रमणको पुष्टि भएको हो। वीरगन्ज महानगरका प्रमुखलाई यसअघि नै कोरोना सक्रमण देखिइसकेको छ, हेल्थपाटी डटकमले लेखेको छ ।
साथै यसै नगरपालिकाका विभिन्न स्वास्थ्य चौकीमा कार्यरत ९ स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण देखिएको नारायणी अस्पताल स्रोतले जानकारी दिएको छ । शनिबार बिहान आएको रिपोर्टमा पर्सामा थप ५२ जनामा कोरोना संक्रमण देखिएको छ ।