विश्वमा काेराेना संक्रमित १ कराेड ४६ लाख बढिले नाघ्याे

छहारी संवाददाता
साउन ५, २०७७

पछिल्लो २४ घण्टामा विश्वभरमा २ लाख २० हजार भन्दा वढी काेराेना संक्रमित थपिएका छन् ।

वल्डोमिर्टसको अपडेट अनुसार विश्वभर पछिल्लो २४ घण्टामा २ लाख २० हजार भन्दा वढी संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या १ करोड ४६ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा सवैभन्दा धेरै संक्रमित अमेरिकामा ६५ हजार २ सय ७९ जना थपिएका छन् । त्यसैगरि ब्राजिलमा २४ हजार ६ सय जना थपिएका छन् भने भारतमा ४० हजार नयाँ संक्रमित थप भएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा विश्वभरमा ४ हजार ३ सय संक्रमितले ज्यान गुमाउँदा मृत्यु हुनेको कुल संख्या ६ लाख ८ हजार २ पुगेको छ । अमेरिकामा ३८ लाख ९८ हजार वढी संक्रमित मध्ये १ लाख ४३ हजारले ज्यान गुमाएका छन् भने १८ लाख वढी निको भएका छन् ।

ब्राजिलमा संक्रमितको संख्या २१ लाख पुगेसंगै ७९ हजारले ज्यान गुमाएका छन् भने १३ लाख ७१ हजार निको भएका छन् । त्यस्तै भारतमा संक्रमितको संख्या ११ लाख नाघेसंगै साढे २७ हजारले ज्यान गुमाए भने ७ लाख  निको भएका छन् ।

विश्वका विभिन्न मुलुकमा ५२ लाख वढी संक्रमित उपचाररत रहेका छन्, जसमा झण्डै ६० हजार संक्रमितको अवस्था गम्भीर अवस्थामा रहेका छन् भने हालसम्म विश्वभर ८७ लाख ३५ हजार निको भएको वल्डोमिर्टसले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*