मलाई यी आँखाहरू पनि लाग्दैनन् आँखा जस्तो

गजल
मलाई यी आँखाहरू पनि लाग्दैनन् आँखा जस्तो
तिमीले याे छाती बनाएदेखि रङ्गशाला जस्ताे
हाे याे धरातल भुल्नु हुँदैनथ्यो आकाश छाेएपनि
आखिर मेरै पिठ्युँमा चढेर बन्याै धरहरा जस्तो
बा आमा निकालेर ढुङ्गाे पुज्नुअघि याे साेचेनाै
ती ढुङ्गाका देवता ठुला हुँदैनन् बा आमा जस्ताे
बचनकाे प्रहार जबदेखि बारबार सहनुपर्याे
तबदेखि नै बनेकाे हाे मुटुपनि ढुङ्गाजस्ताे
मैले मनबाटै हटाईसकेँ अब बस्ने प्रयास नगर्नु
बस्याैभने याे दिल लाग्न सक्छ पागलखाना जस्तो
सन्ध्या देवकोटा सहयात्री
सिन्धुलीगढी