छुट प्राप्तिकाे माेहमा महिलाहरुकाे प्रयाेग

सम्झना घिमिरे / आर्थिक रुपमा सबल हुने भन्दा पनि महिलाकाे नाममा दर्ता गराउँदा आर्थिक छुट हुने कारणले नै महिलाका नाममा उधाेग तथा व्यवसायिक संस्था दर्ता गराउने क्रम बढिरहेकाे छ ।
हेटाैडाकाे घरेलु तथा साना उधाेगमा प्राइभेट फर्म रष्ट्रिेसन ऐन २०३४ ले तोकेका उद्योग तथा व्यापारिक फर्महरु दर्ता गर्दा यस आर्थिक वर्षदेखि सरकारले छुट दिएपछि महिलाकाे नाममा उद्योग तथा व्यापारिक फर्म दर्ता सँख्या बढेको हो ।
आफु घरेलु तथा साना उधाेगमा किन आएकाे भन्ने समेत थाहा नभएका महिलाहरुकाे नाममा मात्रै ६०८ वटा उधाेग तथा व्यवसायिक संस्था यस आर्थिक बर्षकाे पाैष मसान्त सम्ममा दर्ता भएकाे छ । जबकी पुरुषकाे नाममा भने जम्मा ३७६ वटा मात्र उधाेग दर्ता भएका छन् ।
राज्यले तथा प्रदेश सरकारले महिलालाई अघि वढाउन र पुरुषकाे मात्र भर नपरि आफ्नै पहलमा केही काम गर्नुस भनेर याे याेजना तथा सेवासुविधा दिईएकाे भन्ने कुरा सम्झाउदैमा घरेलु तथा साना उधाेगका कार्यालय प्रमुख जगन्नाथ दाहालकाे दिन वित्छ ।
छुट दिएकै भरमा छाेराकाे साथमा लाैराे टेकेर समेत महिलाहरु आयका छन भन्दै उहाँ भन्नुहुन्छ -"आफु किन यहाँ आयकाे भन्ने समेत जानकारि नभएका महिलाहरुलाई आफै व्यवसायमा आउनुहाेस भनेर
दर्तामा मात्र छुट दिईएकाे छ तर पुँजि वृद्दि तथा नविकरणमा भने छुट छैन ।"
महिला भएकै कारण सरकारबाट छुट तथा अनुदानका कार्यक्रमहरु वारे अनभिज्ञ महिलाहरूलाई दाहाल जानकारी गराउँदै पठाउने गर्नुहुन्छ । एक कराेडसम्म पुँजिकाे फर्म दर्ता गराउँदा महिलाहरूलाई सतप्रतिशत छुट भएकै कारण घरेलु तथा साना उधाेगमा पुरुष भन्दा दाेव्वर महिलाहरुकाे स्वामित्वमा फर्महरु दर्ता भएका हुन् ।
महिलालाई दिने छुटको फाइदा लिदैं नाम मात्र महिलाकाे राख्ने पुरुषहरुले आफ्नाे प्राईभेट तथा साझेदारी फर्म दर्ता गराउन आफ्नाे आमा तथा श्रीमतीहरुलाई प्रयाेग गरेकाे पाईएकाे छ । नेपाल सरकारले १ करोडसम्म पुँजीको उद्योग तथा व्यापारिक फर्म दर्ता गर्दा २० हजार १ सय राजश्व तोकेको छ भने महिलाले यस्तो फर्म दर्ता गर्दा २ सय राजश्व मात्र तिर्नुपर्ने व्यवस्था गरेकाे छ ।
यस्तै यस बर्ष १ हजार २ सय २६ पुरुषको नाममा व्यापारिक फर्म दर्ता भइरहँदा १ हजार ५ सय ४३ महिलाको नाममा फर्म दर्ता भएका छन् । दर्ता गर्ने महिलाहरु कतिपय उद्योगी नै रहेपनि अधिकांश छुट पाएकै आधारमा मात्रै आएका दाहालले बताउनुभयो ।
यस्तै १ करोड भन्दा धेरै पुँजी लगानीमा भने लगानी हेरी दर्ता शुल्कको ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । यस बर्ष उद्योग तथा व्यापारिक फर्म दर्ताबापत ३८ लाख राजश्व संकलन भएको छ ।