उपभोक्ताको मत जित्दै वनकरिया साबुन

छहारी संवाददाता
फाल्गुन ११, २०८१

मकवानपुरको मनहरी गाउँपालिका –४ मुसेधापमा लोपोन्मुख वनकरिया समुदायका महिला आर्थिक संवृद्धि तर्फ अघी बढेका छन् । नीम, मह, घ्युकुमारी र तीतेपातीबाट वनकरिया महिलाले बनाएको साबुन हेटौडामा जारी दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवमा प्रदर्शनी एवंम् बिक्रिका लागि राखिएको छ ।

गाउँघरमा सहज रुपमा पाइने घ्यूकुमारी, तीतेपाती मह र नीमको प्रयोगबाट बनाइएको नुहाउने, मुखधुने साबुन र लुगाधुने साब्नलाई अवलोकनकर्ताले पनि रुचाएका छन् । २५ जना वनकरिया र चेपाङ महिलाले बनकरिया साबुन उद्योग नै दर्ता गरेर साबुन उत्पादन गरिहेका छन् ।

साबुन बनाउने तालिम लिएर आफूहरु उद्यमशिलतामा जोडिएकोे सन्तोषी वनकरियाले बताउनुभयो । सानोठुलो साइजका करीब ३० हजार मूल्य बराबरको साबुन स्टलमा राखिएको उहाँले बताउनुभयो ।

वनकरिया महिलाले उत्पादन गरेको महको साबुन प्रति गोटा एक सय, घ्युकुमारीको साबुन ७०, तितेपाती, नीम साबुन ६० रुपौयाँ र लुगा धुने साबुन ३ वटाको एक सय रुपैयाँमा बिक्रि गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*