मध्य पृतना हेडक्वार्टर हेटौंडाले खेलकुद गतिविधि र सैनिक प्रदर्शनी गर्ने

महाशिवरात्रि तथा २ सय ६२ औँ सेना दिवसको अवसरमा मध्य पृतना हेडक्वार्टर हेटौंडाले खेलकुद गतिविधिका साथै विविध सैनिक प्रदर्शनी आयोजना गर्ने भएको छ । फागुन गते १७ आयोजना हुने कायक्रममा खेलकुद लगायत वाकाथन, एड्भान्चर रेस च्यालेन्ज र नेपाली सेना सम्बन्धी विविध प्रदर्शनी हुने मध्य पृतनाले जनाएको छ । हिड्नु र दौडनु,आफ्नो उत्तृटताको लागि मूल नारा सहित वाकाथन, एड्भान्चर रेस च्यालेन्ज आयोजना गरिने भएको छ ।
५ किलोमिटर दूरीको वाकाथान प्रतियोगितामा नेपाली सेनाका साथै पत्रकार, नागरिक समाज लगायत सर्वसाधारणले पनि सहभागिता जनाउन पाउने बताइएको छ । सामरी ग्राउन्डमा हुने एड्भान्चर रेस च्यालेन्जमा विद्यालयको २० टिम, नेपाली सेनाको १४ टिम र गैर सैनिक ७ टिमको सहभागिता रहने बताइएको छ । दुबै विधामा प्रथम, द्धितिय र तृतीय हुने टिमलाई क्रमशः नगद रु बीस हजार, पन्धू हजार र दश हजार प्रदान गरिने मध्य पृतनाले जनाएको छ । यसैगरी सोही दिन नेपाली सेनाको विविध पक्षका बारेमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले प्रदर्शनी समेत हुनेछ ।