हेटाैंडामा डेङ्गुले ६९ जना प्रभावित

हेटौंडामा डेंगुले अहिलेसम्म ६९ जना प्रभावित बनेका छन् ।
डेंगु प्रकोपमा रुपमा फैलदै गएपछि नियन्त्रणका लागि सरोकारवाला सँस्थाहरुले चासो देखाएका छन् ।
डेंगु नियन्त्रणका लागि प्रदेश स्वास्थ्य निर्देशनालय, सामाजिक विकास मन्त्रालय, हेटौडा उपमहानगरपालिका, मेडिकल ल्याव एशोसियसन अफ नेपाल, स्वास्थ्य कार्यालय मकवानपुरले सँयुक्त रुपमा बैठक बसी डेंगुको परिक्षणका लागि सहज वातावरण बनाउन सहमति भएको छ ।
हेटौंडा उपमहानगरपालिकाले आकस्मिक बैठक बसी सम्पूर्ण वडाका वडा अध्यक्षलाई डेंगु नियन्त्रणका लागि समिति बनाएर आआफ्नो वडाको टोल बिकास सस्था संग समन्वय गरि जनचेतना मुलक कार्य गर्न आग्रह गरेका छन् ।
बैठकले डेंगु रोगको उपचारलाइ सर्बसुलभ बनाउन सरकारी तथा निजि स्वास्थ्य सँस्थाहरुले तोकिएको भन्दा आधा मुल्यमा परिक्षण गराउनुपर्ने, यि सँस्थाहरुले लामखुट्टेलाइ नियन्त्रण गर्न लार्भा र प्युपा नियन्त्रणमा कार्यक्रम गर्नुपर्ने, जनचेतनामुलक कार्यक्रम गर्नुपर्ने लगायत निर्णय गरेको छ । सहमति अनुसार डैंगु नियन्त्रणका लागि आफुहरु तत्परताका साथ लाग्ने यि सँस्थाहरुको दाबी छ ।
बैठकले टोल बिद्यालयमा पुगेर जनचेतना जगाउने र टोल विकास संस्था, महिला स्वास्थ्य स्वयंसेविका, राजनैतिक दल, क्लव, नागरिक समाज सबै मिलेर डेंगु नियन्त्रणमा लाग्ने बैठकको निर्णय गरेको छ ।
डेगु लाग्ने बित्तिकै आत्तिनुपर्ने नरहेको चिकित्सकहरुले बताएका छन् । लामखुट्टेको टोकाइबाट बचे रोगबाट बच्न सकिने बताउदै डेंगुको लक्षण देखिए परिक्षण गराइ उपचारमा लाग्नुपर्ने हेटौंडा अस्पतालका डाक्टर हरि बहादुर खड्काले बताउनुभयो ।
चिकित्सकहरुका अनुसार लामखुट््टेको एक पटकको टोकाइबाट डेंगुको कम असर पर्ने र चाँडै निको हुन्छ । तर पटक पटकको टोकाइबाट समस्या जटिल हुने हुँदा जनचेतना फैलाउनु आवश्यक रहेको छ ।