अप्सरा तिम्सिनाको अभ्यन्तर लोकार्पण

छहारी संवाददाता
२९ बैशाख २०७६, आईतवार ००:०८

मकवानपुरकी साहित्यकार अप्सरा तिम्सिनाको कथासङ्ग्रह अभ्यन्तरको शनिबार हेटौंडामा लोकार्पण गरिएको छ । ।शनिबार आँचल साहित्य कला पुञ्जको आयोजनामा भएको कार्यक्रममा वरिष्ठ आख्यानकार नयनराज पाण्डेले कृतिको लोकार्पण गर्नुभएको हो । १६ वटा कथाहरु रहेका कृतिमाथि मकवानपुरका साहित्यकार निमेष निखिल, रमेशमोहन अधिकारी तथा चितवनकी साहित्यकार सरिता तिवारीले समिक्षा गर्नुभएको थियो । कृतिमा आधा दर्जन बाल तथा किशोर कथाहरु समेटिएकोले बालसाहित्यलाई समेत कृतिले योगदान पुग्ने आँकलन गरेका छन् । समसामयिक बिषयमा आइपनेृ विबिध समस्याहरुलाई उजागर गर्दै लेखिएको यस कृतिले समाजमा सकारात्मक प्रभाव पर्ने समीक्षकहरुले बताएका छन् । कार्यक्रममा साहित्यकार तुल्सी थापा, आरसी रिजाल, तिर्थदेवी सिलवाल, मुना अर्याल लगायत मकवानपुरका विभिन्न साहित्यीक सँघसँस्थाका प्रतिनिधीहरुको साथै साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*