के हो वाथरोग ?

छहारी संवाददाता
अशोज २६, २०७५

आज विश्व वाथरोग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

शरीरका हाडजोर्नी, माशपेशी, छाला, नशा दुख्ने समस्या वाथरोग हो । बाथ रोगको प्रकार सय भन्दा बढी भएकाले यसले हाडजोर्नी बाहेक मुटु, मृगौला, फोक्सो, टाउको, कलेजो लगायतका शरिरको भित्री अंगलाई पनि असर गर्ने वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर अरुणकुमार गुप्ताले बताउनुभयो । 

उहाँका अनुसार उपचारपछि ९५ प्रतिशत निको हुने सम्भावना रहेको बाथ रोगको समयमा उपचार नभए हाड, र्जोनी काम नलाग्ने गरि बिग्रन सक्छन् ।

नेपालमा युरिक एसिड बढेर हुने बाथ, हड्डी खिइने बाथ, कम्मर दुख्ने बाथ, रिडको हड्डीमा हुने बाथ बढी भेटिएको डाक्टर गुप्ताले बताउनुभयो । यो नवजातशिशु देखि ८०—९० वर्षको उमेर सम्मका व्यक्तिलाई जुनसुकै बेला हुन सक्ने वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर गुप्ताले जानकारी दिनुभयो ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*