नारी
म लेख्छु मेरै मनको कथा !
छ नारी भित्र गुणको अथाहा !!
म आमा श्रीष्टि भरि स्वमिनी हुँ !
म प्रेमकी मोहिनी कामिनी हुँ !!
म बाल लिला संग रम्न सक्छु !
म बृद्ध बृद्धा संग जम्न सक्छु !!
जस्तै परोस दुख म झेल्न सक्छु !
म गाउँ बेसी संग खेल्न सक्छु !!
म बोल्न सक्छु भई न्याय कर्ता !
म देश हाक्छु जब आइपर्दा !!
म जुन विधामा पनि ठिक्क हुन्छु !
आइ परे चन्द्र पनि म छुन्छु !!
न हेप्नु कोमल भनि नारी लाई !
कठोर बन्छु म त दुष्ट लाई !!






