नवनियुक्त १६ मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ

छहारी संवाददाता
अशोज २५, २०७८

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज शुक्रवार नियुक्त भएका १६ मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

यस्तै आजै नियुक्त भएका दुई राज्यमन्त्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएका करीब तीन महिनामा मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*