अफ्रिकी देश गिनीमा इबोला विरुद्धको खोप अभियान सुरु

छहारी संवाददाता
फाल्गुन १२, २०७७

अफ्रिकी देश गिनीले इबोला विरुद्धको खोप अभियान सुरु गरेको छ ।

इबोला महामारी फेरि फैलिएपछि गिनीले खोप अभियान सुरु गरेको हो । गिनीमा इबोेलाका कारण केही व्यक्तिको ज्यान गइसकेको छ । त्यहाँका सरकारी अधिकारीका अनुसार गएको फेब्रुअरी १४ तारिखमा पहिलो पटक इबोला देखिएको क्षेत्रमा खोप अभियान सुरु गरिएको हो ।

विश्व स्वास्थ्य संगठनले स्वास्थ्यकर्मीलाई इबोला विरुद्धको खोप दिएर अभियान थालिएको जनाएको छ । संगठनले जोखिममा रहेका नागरिक र अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेर खोप दिइने पनि जनाएको छ । इबोलाका कारण सन् २०१३ देखि २०१६ सम्ममा ११ हजार ३ सय जनाको ज्यान गएको थियो । अफ्रिकी देश गिनी, लाइबेरिया र सेरालियोन इबोलाका कारण बढी प्रभावित देश हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*