अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ९८ हजार नाघ्यो

छहारी संवाददाता
फाल्गुन ४, २०७७

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ९८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ९५४ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख ९८ हजार २०३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५२ हजार ७८५ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ८३ लाख नाघेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ८३ लाख ५६ हजार ६२५ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ९४ लाख ६२ हजार ८७५ जनामध्ये १८ हजार ९२८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*