राष्ट्रिय महिला लिगः वालिङ र चौदण्डीगढी तथा एपीएफ र पुलिस भिड्ने

छहारी संवाददाता
माघ १५, २०७७

राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछ । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा स्याङ्जाको वालिङ नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिका खेल्ने छन् ।

खेल बिहान साढे ११ बजे हुनेछ । यस्तै आजै हुने दोस्रो खेलमा दिउँसो साढे २ बजे दुई विभागीय टिम एपीएफ र पुलिस क्लब खेल्दै छन् ।

हिजोको खेलमा मोरङको विराटनगर महानगरपालिकाले रौतहटको चन्द्रपुर नगरपालिकालाई ५ शून्य गोल अन्तरले हराएको थियो । विराटनगरका लागि कुशुम खड्काले ह्याट्रिक गरेकी थिइन् भने अनु राई र सरिता शेर्पाले एकरएक गोल गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*