मकवानपुरको राक्सिराङमा घुम्ती शिविर मार्फत् सेवा प्रवाह

छहारी संवाददाता
चैत्र १७, २०८२

सेवा पाउने सबैको अधिकारघरघरमा स्थानीय सरकार भन्ने नारालाई आत्मसात् गर्दै मकवानपुरको राक्सिराङ गाउँपालिकाले आफ्नो सेवा प्रवाहलाई गाउँ गाउँसम्म पु¥याएको   

भौगोलिक रूपमा विकट क्षेत्रमा रहेका नागरिकलाई लक्षित गर्दै सञ्चालन गरिएको वृहत् एकीकृत घुम्ती शिविरले स्थानीयवासीलाई सहज रूपमा सरकारी सेवा उपलब्ध गराएको हो  चैत्र ११ गतेदेखि सुरु भएको शिविर चैत्र २० गतेसम्म पालिकाका चार स्थानमा सञ्चालन हुने जनाइएको   

शिविरमार्फत नागरिकता वितरणराष्ट्रिय परिचयपत्र कार्ड वितरणअपाङ्गता परिचयपत्रस्वास्थ्य परीक्षणपशु स्वास्थ्य सेवाकृषि विकास कार्यक्रमऔषधि तथा बीउ वितरणकृषि औजार हस्तान्तरणसुत्केरीका लागि पौष्टिक आहार वितरण तथा बेरोजगार सूचीकरणलगायतका सेवाहरू एकै स्थानबाट प्रदान गरिएको    

चैत्र १६ गते राक्सिराङ  कान्द्राङमा प्रमुख जिल्ला अधिकारीगाउँपालिका अध्यक्ष तथा राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका पञ्जिकरण शाखा निर्देशकसहितको टोलीले नागरिकता  राष्ट्रिय परिचयपत्र वितरण गरेको थियो   

उक्त शिविरमार्फत ३० जनालाई नागरिकता प्रमाणपत्र  एक हजारभन्दा बढीलाई राष्ट्रिय परिचयपत्र कार्ड वितरण गरिएको    

पालिकाका अधिकांश क्षेत्र विकट रहेकाले नागरिकता बनाउन हेटौंडा पुग्न चेपाङ समुदायका स्थानीयलाई ठूलो सास्ती भोग्नुपथ्र्यो   

भौगोलिक कठिनाइ  आर्थिक अभावका कारण सदरमुकाम पुग्न दुईतीन दिन लाग्ने बाध्यता रहेका स्थानीयका लागि यस्तो शिविर राज्यको प्रत्यक्ष उपस्थितिको अनुभूति बनेको   

राक्सिराङ९ लैवाङकी ६५ वर्षीया सुकमाया प्रजाले आफ्नै गाउँटोलमा नागरिकता पाएपछि खुसी व्यक्त गर्नुभयो हेटौंडा जान दुई दिन लाग्थ्योगाडी भाडा  बसाइ खर्च छुट्टै लाग्थ्यो अहिले घरमै आएर नागरिकता दिँदा धेरै सजिलो भयो, उहाँले भन्नुभयो  

यस्तैराक्सिराङ कै ६९ वर्षीया सुन्तली नगरकोटीले पनि पहिलो पटक नागरिकता प्राप्त गर्नुभयो  ।श्रीमान्को १० वर्षअघि निधन भइसकेको  छोराको मानसिक अवस्था कमजोर रहेकाले नागरिकता बनाउन नसकेको उहाँले बताउनुभयो   

अहिलेसम्म गाडी नै चढेकी छैन  हेटौंडा जानुपरेको भए धेरै खर्च लाग्थ्यो होलाउहाँले भन्नुभयो शिविरसम्म पुग्न नसक्ने नागरिकका लागि पालिकाले घरघरमै पुगेर सेवा दिएको    

राक्सिराङ की ५० वर्षीया सुन्तली परियारले घरमै नागरिकता पाउँदा भावुक हुँदै खुसी व्यक्त गर्नुभयो  आठ सन्तानकी आमा परियारले दुई वर्षअघि श्रीमान् गुमाएपछि एकल जीवन बिताउँदै आउनुभएको   

नागरिकता अभावमा सामाजिक सुरक्षा भत्ता समेत नपाएकी उहाँलाई प्रमुख जिल्ला अधिकारीसहितको टोलीले घरमै पुगेर नागरिकता प्रदान गरेको हो   

नागरिकता बनाउन आफन्त चाहिन्छ भन्ने लाग्थ्योतर सरकारले आफ्नै ठानेर घरमै आएर नागरिकता दियो, उहाँले भन्नुभयो।

राष्ट्रिय पञ्जिकरण विभागका पञ्जिकरण शाखा निर्देशक सानुबाबु अधिकारीसहितको टोलीले यसअघि विवरण संकलन गराइसकेका नागरिकलाई पहिलोपटक राक्सिराङमै राष्ट्रिय परिचयपत्र कार्ड वितरण गरेको हो  

यसअघि कार्ड लिनका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता थियो 

मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले शिविरमार्फत ३० जनालाई नागरिकता  एक हजारभन्दा बढीलाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको जानकारी दिनुभयो  नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउनु नै राज्य भएको अनुभूति गराउनु हो, उहाँले भन्नुभयो  कोही पनि नेपाली नागरिक नागरिकताविहीन भएर बस्न नपरोस् भन्ने उद्देश्यले दुर्गम क्षेत्रमै पुगेर सेवा दिएका हौँ। 

देशकै छैठौँ गरिबी सूचकमा पर्ने यस गाउँपालिकामा सामान्य नागरिक पालिकासम्म सेवा लिन आउन नसक्ने अवस्था रहेकाले स्थानीय सरकारले आफैं गाउँसम्म पुग्ने रणनीति अपनाएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो  

सेवा प्रवाहसँगै विकास योजना निर्माण प्रक्रियालाई पनि जनतासँग जोड्ने प्रयास गरिएको उहाँको भनाइ छ।घरघरमा सेवा पु¥याउने मात्र होइनआगामी योजना कस्तो बनाउने भन्नेबारे स्थानीयका समस्या  सुझाव पनि संकलन गरिरहेका छौँ, उहाँले भन्नुभयो।

यस्तै८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घर घरमै गएर स्वास्थ्य जाँचका साथै सम्मानस्वरूप पौष्टिक आहारझुल  छाता वितरण गरिएको   चैत्र ११ गते राक्सिराङ कुडुले  चैत्र १६ गते कान्द्राङमा शिविर सम्पन्न भइसकेको

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*