महिला राष्ट्रिय लिग फुटबलः कुसुमको ह्याट्रिक, विराटनगरको पहिलो जित

छहारी संवाददाता
माघ १४, २०७७

राजधानीमा जारी महिला राष्ट्रिय लिग फुटबल प्रतियोगितामा विराटनगर महानगरपालिकाले पहिलो जित हात पारेको छ।

बुधबार भएको खेलमा विराटनगरले रौतहटको चन्द्रपुर नगरपालिकालाई ५(० गोलले हरायो। विराटनगरका लागि कुसुम खतिवडाले ह्याट्रिक गरिन्। थप दुई गोल अनु राई र सरिता शेर्पाको नाममा रह्यो।

१२ औँ मिनेटमा खेलको पहिलो गोल गरेकी कुसुमले लगातार दुई मिनेटमा दुई गोल गर्दै ह्याट्रिक पुरा गरेकी थिइन्। उनले ६९ र ७० औँ मिनेटमा गोल थपेकी थिइन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*