पुलिसलाई हराउँदै एपीएफ प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा
शसस्त्र प्रहरी बल(एपीएफ क्लब प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा एपीएफले पुलिसलाई रनले हरायो।
२ सय ४ रनको लक्ष्य पछ्याएको पुलिसले ४ बल बाँकी रहँदा सबै विकेट गुमाएर एक सय ७३ रनमा सिमित भयो। पुलिसका पवन सर्राफले ४०, रसिद खानले ३४, दीपेन्द्रसिंह एेरीले ३३ र अनिल शाहले २१ रन बनाए। एपीएफका भुवन कार्कीले ४ तथा शरद भेषावकर र कमल एेरी, अबिनास बोहराले दुई दुई विकेट लिए।
भुवनले ९.२ ओभरमा एक मेडन राख्दै २१ रन मात्र खर्चिए। एपीएफले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन जोड्यो। एपीएफका शंकर रानाले ४४, भुवन कार्कीले ४२, सन्दीप जोराले ३४, सुवास खकुरेल र कमलसिंह ऐरीले १९र१९, शरद भेषावकरले १८ रन बनाए।
आरिफ शेखले तीन तथा दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजबंशीले दुई दुई विकेट लिए। आरिफले १० ओभरमा एक मेडन राखेर ३१ रन खर्चिए। एपीएफले नेपाल आर्मीको त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशबीच हुने खेलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ। प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ पाउने छ।





