प्रधानमन्त्री कपमा बागमतीसँग हार्‍यो पुलिस

छहारी संवाददाता
माघ ४, २०७७

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको साविक विजेता नेपाल पुलिस क्लब पहिलो खेलमा पराजित भएको छ ।

पुलिसलाई बागमती प्रदेशले सात विकेटले हराएको हो । कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिस २९ ओभर तीन बलमा एक सय ११ रनमा अलआउट भयो, उज्यालोमा खबर छ । पुलिसका लागि सुनील धमला र कुशल भुर्तेलले समान १७र१७ रन जोडे ।

त्यस्तै दिपेन्द्रसिंह ऐरी र आरिफ शेखले पनि समान २१र२१ रन बनाए । अरू खेलाडीले भने दोहोरो अङ्क जोड्न सकेनन् । वाग्मतीका तिलक भण्डारी र नन्दन यादवले चाररचार तथा रामनरेश गिरीले दुई विकेट लिए ।

जितका लागि एक सय १२ रनको लक्ष्य पाएको वाग्मतीले ३४ ओभर ४ बलमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । उसका पृथु बाँस्कोटाले ४८ र इशान पाण्डेले अविजित १७ रन बनाए । बलिङतर्फ पुलिसका लागि दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एकरएक विकेट लिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*