दक्षिण अफ्रिकाद्धारा श्रीलंकाविरुद्धको दुई खेलको टेस्ट शृंखला क्लिनस्विप

छहारी संवाददाता
२१ पुष २०७७, मंगलवार १८:४८

दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्धको दुई खेलको टेस्ट शृंखला क्लिनस्विप गरेको छ।

मंगलबार सकिएको दोस्रो खेलमा दक्षिण अफ्रिका १० विकेटले विजयी भयो। ६७ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले खेलको तेस्रो दिनमै जित हात पारेको हो, कुनै विकेट नगुमाइ।

शृलंका पहिलो पालीमा एक सय ५७ र दोस्रो पालीमा २ सय ११ रनमा समेटिएको थियो। दक्षिण अफ्रिकाले पहिलो पालीमा तीन सय २ रन बनाएपछि घरेलु टोली शृलंका दबाबमा परेको थियो।

यसअघि पहिलो खेलमा दक्षिण अफ्रिका पाली अन्तरले विजयी भएको थियो। पहिलो खेलमा ९५ र दोस्रो खेलको पहिलो पालीमा सतक बनाएका दक्षिण अफ्रिकाका प्रारम्भिक ब्याट्सम्यान डिन एल्गर प्लेयर अफ दी म्याच र प्लेयर अफ दी सिरिज दुवै घोषित भए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*