च्याम्पियन्स लिगमा रियल मड्रिड साख्तरसँग २(० ले पराजित

छहारी संवाददाता
मंसिर १७, २०७७

स्पानिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति भएको खेलमा युक्रेनी क्लबसँग २(० ले पराजित भएको छ । समूह बी मा रियल दोस्रो पटक साख्तरसँग पराजित भएको हो । यसअघि घरेलु मैदानमै रियल साख्तरसँग ३(२ ले पराजित भएको थियो ।

साख्तरले घरेलु मेदानमा रियलमाथि २(० को शानदार जित हासिल गर्दै समूह बी बाट नकआउट चरण पुग्ने सम्भावना कायमै राखेको छ । हारपछि रियललाई भने कठिन भएको छ । घरेलु मैदानमा साख्तरले दुवै गोल दोस्रो हाफमा गरेको थियो । डेन्टिन्होले ५७औं र मानोर सोलोमनले ८२औं मिनेटमा गोल गरेका थिए ।

जितपछि साख्तर ५ खेलबाट ७ अंक जोड्दै समह्यू बी को शीर्ष स्थानमा उक्लेको छ । समान अंङ्क भएपनि हेड टु हेडमा रियल पछि रहँदै तेस्रो स्थानमा छ । यसै समूहको अको खेलमा इन्टसँग ३(२ ले पराजित भएपछि जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबाकले अन्तिम १६ मा पुग्न कुर्नुपर्ने भएको छ ।

इन्टरलाई हराएको भए मोन्चेनग्लाडबाक एक खेलअघि नै अन्तिम १६ मा पुग्ने थियो । हारपछि पनि ५ खेलबाट ८ अंकसहित मोन्चेनग्लाडबाक शीर्ष स्थानमा छ ।

पहिलो जितपछि ५ अंक जोडेको यन्टर चौथो स्थानमा छ । यस समूहबाट अन्तिम १६ मा पुग्ने होड अझै खुल्ला छ । अन्तिम खेलमा मोन्चेन्गलाडबाकले रियल मड्रिड तथा साख्तरले इन्टरसँग खेल्नेछ । दुवै खेलमा जित हात पार्ने टोली सिधै अन्तिम १६ मा पुग्नेछ । अरु नतिजा आएमा भने समीकरण फेरबदल हुन सक्नेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*