इङ्ग्लिस प्रिमियर लिगमा आज चार खेल हुँदै

छहारी संवाददाता
मंसिर १३, २०७७

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज चार वटा खेल हुँदै छन् ।

नेपाली समयअनुसार बेलुका पौने सात बजे ब्राइटन र लिभरपुल खेल्नेछन् । आजको खेलमा लिभरपुल विजयी भए शीर्ष स्थानमा उक्लनेछ । अंक तालिकामा शीर्ष स्थानमा रहेको टोटेनह्याम र लिभरपुलको समान २० अंक भए पनि गोल अन्तरका आधारमा लिभरपुल दोस्रो स्थानमा छ ।

यस्तै पौने ९ बजे म्यानचेस्टर सिटी र बर्नली तथा सवा एघार बजे एभर्टन र लिड्स युनाइटेड खेल्ने छन् । वेस्ट ब्रोम र सेफिल्ड युनाइटेडको खेल भने राति पौने दुई बजे हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*