मेसी बार्सिलोनामै रहे बार्तामेउ अध्यक्ष पद छाड्न तयार

छहारी संवाददाता
भदौ १२, २०७७

स्पानिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्तामेउले कप्तान लिओनल मेसीले क्लब छाड्ने निर्णय बदलेमा आफूले क्लब छाड्ने बताएका छन् । मेसी क्लबमा रहने अवस्था आए बार्तामेउले आफू पद छाड्ने संकेत गरेको स्पानिस अनलाइन मार्काले जनाएको छ ।

अर्जेन्टिनी स्टार मेसीले मंगलबार क्लबलाई पत्र लेख्दै आफूले क्लब छाड्न चाहेको जानकारी दिएका थिए । उनले अध्यक्ष बार्तामेउलाई पत्र लेख्दै आफ्नो सम्झौतामा रहेको प्रावधान अनुसार अनुबन्ध तोड्न आग्रह गरेका थिए, अनलाइन खबरले लेखेको छ ।

मेसीले क्लब छाड्ने पाउने समयसीमा पार गरेको र अझै एक वर्ष सम्झौताको अवधि बाँकी रहेपनि क्लब छाड्न चाहेका थिए । जसले गर्दा क्लबका अध्यक्ष बार्तामेउलाई थप दबाब परेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*