सीपीएलमा सन्दीप लामिछाने आवद्ध जमैका ३६ रनले पराजित

छहारी संवाददाता
भदौ ११, २०७७

क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध जमैका तलाबाज ३६ रनले पराजित भएको छ । बार्बाडोस ट्रिडेन्ससँग जमैका पराजित भएको हो । बार्बाडोसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४८ रन बनाएपछि जमैकाले १ सय ४९ रनको लक्ष्य पाएको थियो ।

टस जितेर पहिले फिल्डिङ रोजेको जमैकाले निर्धारित ओभरमा ९ विकेट गुमाएर ११२ रनमात्रै बनाउन सक्यो ।​ जमैकाले अहिलेसम्म ५ खेल खेलेकोमा २ मा विजयी भएको छ भने ३ खेलमा पराजित रहेको छ, उज्यालो अनलाइनमा खबर छ । खेलमा जमैका पराजित भए पनि जमैकाबाट खेलेका नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने उत्कृष्ट प्रदर्शन गरेका छन् ।

उनले ४ ओभरमा १६ रन जोड्दै २ विकेट लिएका थिए । उनले रसिद खान र एस्ली नर्सको विकेट लिएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*