कोरोना अपडेटः दक्षिण कोरियामा संक्रमितको सङ्ख्या बढ्दो, देशभर थप प्रतिबन्ध

छहारी संवाददाता
७ भाद्र २०७७, आईतवार १६:०७

दक्षिण कोरियामा कोरोनाभाइरस सङ्क्रमण थप फैलिने सक्ने देखिएपछि देशभरि प्रतिबन्धात्मक व्यवस्थाहरू लागु गरिएको छ।

स्वास्थ्य अधिकारीहरूले परिस्थिति अझै बिग्रिन सक्ने चेतावनी दिएका छन्। अबदेखि देशमा धार्मिक समारोहसहित ठूला भेलाहरू गर्न प्रतिबन्ध लागेको छ। नाईटक्लब, कारीओकी बार, इन्टर्नेट क्याफे र समुद्री तटहरू पनि बन्द भएका छन्, बीबीसीमा खबर छ ।

यसअघि यस्ता उपायहरू राजधानीमा मात्र अवलम्बन गरिएको थियो। तर नयाँ सङ्क्रमितहरू फेला पर्न नछोडेपछि देशका अरू भागमा पनि प्रतिबन्धात्मक उपायहरू लागु गरिएको हो। सरकारले शनिवार मध्यरातिसम्म ३९७ जनामा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि गरेको छ। यो मार्च महिनायताकै सर्वाधिक दैनिक वृद्धि हो।

एक सातादेखि दैनिक १०० जनाभन्दा बढी सङ्क्रमितहरू फेला परिरहेका छन्। तीमध्ये अधिकांश व्यक्ति बृहत्तर सोल क्षेत्रका हुन्। अहिलेसम्म दक्षिण कोरियामा १७,३९९ जनामा कोभिड-१९ पुष्टि भएको जोन्स हप्किन्स यूनिभर्सिटीले सङ्कलन गरेको तथ्याङ्कमा देखिन्छ। तीमध्ये ३०९ जनाको मृत्यु भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*