मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा २९६ जनाको मृत्यु

छहारी संवाददाता
२३ भाद्र २०८०, शनिबार १०:२३

मोरक्कोमा शुक्रवार राति गएको भूकम्पमा परी अहिलेसम्म २९६ मृत्यु भएको छ ।

मोरक्कोमा राती ११ बजेर ११ मिनेटमा ६।८ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पपछि उत्तरी मोरक्कोको फेस शहरका बासिन्दाहरुमा त्रास फैलिएको छ । सम्भावित पराकम्पहरुको चिन्तामा कतिपय मानिस घर छोडेर सडकमा निस्किएका छन् ।

रबात र कासाब्लान्का लगायत मोरक्कोका धेरै शहरहरुमा भुक्म्पको धक्का महशुस गरिएको थियो । तरौडान्ट र माराकेस शहरहरुमा भूकम्पका कारण धेरै घरहरु भत्किएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*