फुटबलका २३ खेलाडीसहित २९ जनाको कोरोना परीक्षण
राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा सहभागी हुने थप २३ खेलाडीको मंगलबार कोरोना संक्रमण परीक्षणका लागि नमुना स्वाब संकलन गरिएको थियो ।
विश्वकप छनोटका लागि प्रशिक्षण सुरु गर्ने तयारीमा रहेकाका खेलाडीहरुले पाटन अस्पतालमा मंगलबार स्वाब दिएका हुन् ।
मंगलबार २३ खेलाडी, टिम म्यानेजर मधुसुदन उपाध्याय, गोलकिपिङ प्रशिक्षक विकास मल्लसहित २९ जनाको स्वाब दिइएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ ।





