नेपालसहितका २० देशको अगष्ट १ देखि अन्तर्राष्ट्रिय उडान सुचारू हुने

छहारी संवाददाता
१४ श्रावण २०७७, बुधबार ०९:२२

कोरोना भाइरसको महामारीसँगै बन्द भएकाे हवाइ उडान अगस्ट १ देखि कुवेतले नेपालसहितका २० देशको अन्तर्राष्ट्रिय उडान सुचारू गर्ने भएकाे छ ।

एयरलाइन्सहरुको समय तालिका र उडान समय पनि यथासक्य छिटो घोषणा गर्ने र उडानमा गर्ने सबै यात्रुहरूलाई स्वास्थ्य प्रक्रिया र निर्देशनहरू पालना गर्न आह्वान समेत गरिएकाे छ ।

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालित एयरलाइन्सले नेपालसहित युएई, बहराइन, ओमान, लेबनान, कतार, जोर्डन, इजिप्ट, बोस्निया उडान गर्ने नागरिक उड्डयन निर्देशनालयले जनाएकाे छ ।

कुवेतको हवाई परिवहन यातायात विभागका निर्देशक अब्दुल्लाह अल-राजीका अनुसार हर्जेगोविना, श्रीलंका, पाकिस्तान, इथियोपिया, संयुक्त अधिराज्य, टर्की, इरान, स्विजरल्याण्ड, जर्मनी, अजरबैजान, फिलिपिन्स र भारतमा उडान गर्ने भएका छन् ।

कुवेतमा कार्यरत नेपाली श्रमिकहरुले घर फिर्तीको लागि टिकट नपाएको तथा पाए पनि महँगोमा टिकट खरिद गर्नु परेको गुनासो गरिरहेको बेला कुवेतले उडान सूचारु गर्न लागेपछि सहज हुने अपेक्षा गरिएको छ । कुवेतमा करिव ५० हजार नेपाली श्रमिक कार्यरत रहेको बताइन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*