बगमती प्रदेशका चार मन्त्रीले दिए राजिनामा

बागमती प्रदेशका चार मन्त्रीले राजिनामा दिएका छन् । प्रदेशमा नेपाली कांग्रेसबाट सामेल चार मन्त्रीले राजीनामा दिएका छन्।
सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति पर्यटन मन्त्री बिमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदु श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले राजीनामा दिएका हुन् ।
कांग्रेस संसदीय दलको नेताबाट लामालाई हटाउनका लागि अविस्वासको प्रस्ताब संसदीय दलमा दर्ता गराउने तयारी गरिएको नेपाली कांग्रेसका एक सांसदले जानकारी दिए ।