राष्ट्रिय महिला लिगमा एपीएफ र चन्द्रपुर भिड्दै
रौतहटको चन्द्रपुरविरुद्ध मैदान उत्रँदा एपीएफ अपराजित यात्रालाई कायम राख्ने लक्ष्यमा हुनेछ । एपीएफले ७ खेलमा २१ अंक जोडेको छ । एपीएफ शीर्ष स्थानमा रहेको छ । चन्द्रपुरलाई हराएर एपीएफ उपाधि होड थप बलियो बनाउन चाहन्छ ।
यता, चन्द्रपुर भने एपीएफविरुद्ध अप्रत्यासित नतिजा निकाल्न चाहन्छ । चन्द्रपुर एपीएफलाई पहिलो हार चखाउने योजनामा हुनेछ । तर, चन्द्रपुरलाई एपीएफलाई हराउन सहज भने हुने छैन । चन्द्रपुरले ७ खेलमा ६ अंक जोडेको छ । चन्द्रपुर लिगको छैटौं स्थानमा रहेको छ ।