सकियाे प्रिमियर लिग : च्याम्पियन्स लिगमा छनौट भए चेल्सी र म्यानचेस्टर युनाइटेड

छहारी संवाददाता
११ श्रावण २०७७, आईतवार २३:०५

आज आईतवार इङलिश प्रिमियर लिग सकिएको छ । आाज भएकाे अन्तिम खेलसँगै यस सिजनको प्रिमियर लिग सकिएको हो ।

लिग यस अघि नै लिभरपुलले ३० बर्षपछि जितेको थियो । अन्तिम खेलमा लिभरपुलले न्यूक्यासल युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गर्दै लिगमा ३८ खेलमा ९९ अंक हासिल गर्दै यो सिजन समाप्त भएकाे छ ।

त्यस्तै म्यानचेस्टर सिटीले आजको खेलमा नर्विच सिटीलाई ५-० गोल अन्तरले पराजित गर्दै ३८ खेलमा ८१ अंक हासिल गर्दै दोस्रो स्थानमा रहेर लिगकाे सिजन समाप्त गरेकाे छ ।

त्यस्तै च्याम्पियन्स लिगको दौडमा रहेका चेल्सी र म्यानचेस्टर युनाइटेडले आफ्ना अन्तिम खेल जितेर दुवै आउदो सिजनका लागि लिभरपुल र म्यानचेस्टर सिटीसँगै च्याम्पियन्स लिगमा सिधै छनौट भएका छन् ।

अन्तिम खेलमा चेल्सीले वोल्भरहम्पटनलाई २-० गोल अन्तरले पराजित गर्दै ३८ खेलमा ६६ अंक हासिल गर्दै चौथो स्थानमा रहेर लिग सकाएको छ । त्यस्तै म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई २-० ले पराजित गर्दै ६६ अंक सहित नै तेस्रो स्थानमा रहेर लिग सकाएको छ ।

चेल्सी र युनाइटेडलाई चुनौती दिइरहेको लेस्टर सिटीले अन्तिम खेलमा हार बेहोरेपछि पाँचौ स्थानमा चित्त बुझाएको छ ।

त्यस्तै प्रिमियर लिगमा यस सिजनबाट नर्विच सिटी, वाटफोर्ड र बोर्नमाउथ रेलिगेशनमा परेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*