श्रावनकाे दाेस्राे साेमवार पनि शिवालय बन्द रहने

निर्देशनलाई अटेर गरि भिडभाड गरेेमा कारवाही गरिने : जिल्ला प्रहरी
छहारी संवाददाता
११ श्रावण २०७७, आईतवार २२:४७

हिन्दुहरुकाे महान चाड श्रावण महिना शिव भगवानकाे प्रिय महिना पनि भनिन्छ । श्रावण महिनाभरि माछा मासु लसुन प्याज केही नखाई शुद्द भई एकचित्त मनले व्रत वस्ने हिन्दु धर्मावलम्विहरुकाे लागि भाेलि दाेस्राे साेमवार समेत शिवालय नखुल्ने भएकाे छ ।

लामाे समय लकडाउनका कारण बन्दाबन्दि झेलिरहेका नेपालीहरुले श्रावनकाे महिनामा लकडाउन खुलेपनि मन्दिर नखुलेका कारण अटेर गर्दै मन्दिरक्षेत्र बाहिर भिडभाड भएकाे अघिल्लाे साेमवारकाे दिनमा देखिएकाे थियाे ।

श्रावनकाे दाेस्राे साेमबार पनि मन्दिर बन्द नै रहने र अटेर गरि मन्दिर परिसरमा अाए कारबाहि समेत गर्ने जिल्ला प्रहरि कार्यालय मकवानपुरले जनाएकाे छ ।

विश्वभर कोरोना संक्रमणको जोखिम कायमै रहेकोले सरकारले मन्दिर खुला नगरेको भन्दै प्रहरीले यसबारे जानकारी गराएको छ ।

साउने सोमबार शिव मन्दिरमा दर्शनार्थीहरूको भिड बढ्ने भएको भन्दै मन्दिर व्यवस्थापन समितिलाई सचेत गराई मकवानपुर प्रहरीले मन्दिर खुला नहुने जानकारी गराएकाे हाे ।

वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक इश्वरीप्रसाद भण्डारीले यसअघि पनि सर्वसाधारणलाई मन्दिर नखुल्ने अवगत गराइएको तर केहि भिडभाड भएकाे देखिएकाे तर भाेलि भने भक्तजनहरुले मठ मन्दिरमा पस्न र पुजाअाजा गर्न अाई निर्देशन नमानि भिडभाड बढाई अटेर तथा जबर्जस्ती गरे कारवाही गरिने बताउनुभयाे ।

जिल्लाका हुप्राचाैर स्थित भुवनेश्वर, मनकामना, रूद्रेश्वर, दक्षिणकाली, त्रिवेणिधाम, भुटनदेवि, गाेरक्षेश्वर, पाथिभरा, त्रिखण्डि, ऋषेश्वर लगायतका सम्पुर्ण धार्मिकस्थल बन्द रहने प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*