हेटौडाको बुद्धचोकमा निशुल्क यमरी वितरण

छहारी संवाददाता
१० पुष २०८०, मंगलवार १७:३२

यमरी पुन्हीको अवसर पारेर हेटौडाको बुद्धचोकमा मंगलबार महोत्सव आयोजना गरी निशुल्क यमरी वितरण गरिएको छ ।

नेवा साँस्कृतिक पुचः र नेवा देय दबुको आयोजनामा नेवारी परिकार यमरीको महत्व जोगाउन एवं यमरी पर्वबारे जानकारी दिने उदेश्यले यमरी महोत्सवको आयोजना गरिएको हो ।

हेटौडाको बुद्धचोकमा नेवा साँस्कृतिक पुचः र नेवा देय दबुको आयोजनामा छुट्टाछुट्टै रुपमा ‘योमरी महोत्सव तथा निशुल्क यमरी वितरण’ कार्यक्रम गरेका हुन् । दुबै कार्यक्रमको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले गर्नुभयो । उद्घाटन पश्चात् आगामी दिनमा एक भएर महामहोत्सव मनाउन मेयर लामाले आयोजकद्वयलाई सुझाव दिनुभएको थियो ।

नेवार समुदायमा प्रचलित परिकार योमरीको स्वाद सबैलाई चखाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेवा सास्कृतिक पुचःले जनाएको छ नयाँ पुस्तालाई समेत यो पर्वको बारेमा जानकारी लिने अवसर यस्ता कार्यक्रमले दिने नेवा देय दबु हेटौंडा नगर अध्यक्ष प्रतिमा श्रेष्ठले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*