धार्मिक कार्यले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्छः सामाजिक विकासमन्त्री मोक्तान

छहारी संवाददाता
फाल्गुन ११, २०८०

बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले धार्मिक कार्यले समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भएको छ ।

हेटौंडा–७ क्याम्पाडाँडामा जारी श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञमा शुक्रबार सम्बोधन गर्दै उहाँले धार्मिक कार्यहरुले सबैमा सकारात्मक उर्जा प्रदान गर्ने बताउनुभयो । श्रीराम पाञ्चायन धाम निमार्णाको लागि जारी महायज्ञको उदेश्यप्रति खसी व्यक्त गर्दै उहाँले धाम निमार्ण पश्चात त्यस क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न समेत सहयोग पुग्ने बताउनुभयो ।

फागुन ४ गतेदेखि सुरु भएको श्रीमदभागवत सप्ताहमा भक्तजनको उल्लेख्य उपस्थिती रहेको श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ मूलसमारोह समितिका संयोजक प्रकाश पौडेलले जानकारी दिनुभयो । श्रीराम पाञ्चायन धाम निर्माणका लागि आर्थिक सहयोग सङ्कलन गर्ने उद्देश्यले सुरु भएको महायज्ञ फागुन १२ गतेसम्म चल्ने छ । महायज्ञबाट ५० लाख आर्थिक सहयोग संकलन हुने अपेक्षा रहेको संयोजक पौडेलले बताउनुभयो ।

महायज्ञमा बिभिन्न दाताहरुबाट रकम लगायत जिन्सी सामग्री समेत संकलन हुने क्रम जारी छ । महायज्ञमा श्री १००८ स्वामी देवराजाचार्य र श्री अच्युत प्रपन्नाचार्य स्वामीबाट कथा वाचन भैरहेको छ । श्रीराम पाञ्चायन धाम नेपाल नामक संस्था, नेपालमै पहिलो पटक गठन भएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*