आइतबारको वर्षाले हेटौंडाका सडक जलमग्न(तस्बिरहरू)
आइतबार दिउँसोको वर्षापछी हेटौंडाका विभिन्न सडक जलमग्न भएका छन् ।

अत्याधिक गर्मी खेप्न नसकीरहेका हेटौंडेलीलाई वर्षाले केही राहत दिएपनी सडक जलमग्न हुँदा आवतजावतमा समस्या भएको छ ।

आजको वर्षाले हेटौंडाको राप्तीरोड हुँदै बसपार्क जाने चोक, बसपार्क क्षेत्र, भैरवरोड लगायतका सडक जलमग्न भएको हो ।

सडक निर्माणका बेला वर्षाको पानीको राम्रो निकासका लागि उचित व्यवस्था नहुदा हरेक वर्ष नागरिकले सास्ती बेहोर्नु परेको स्थानीय बताउँछन् ।








