हेटौंडा ९ मा नेपालमै पहिलो पटक चौरासी तीर्थ अक्षयधाम निर्माण

छहारी संवाददाता
साउन १, २०८२

नेपालमै पहिलोपटक नेपाल र भारतका प्रख्यात तीर्थस्थलहरूको दर्शन एकै ठाउँबाट गर्न सकिने गरि संरचना निर्माण गरिएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा नेपाल तीर्थ प्रकाशन संघले चौरासी तीर्थ अक्षयधाम निर्माण गरेको हो । यहाँ नेपाल र भारतका ८४ वटा प्रमुख तीर्थस्थलहरूको प्रतिरूपलाई एउटै भवनमा समेटिएको छ ।

तीर्थ जान नसक्ने भक्तजनहरूलाई लक्षित गरि चारधाम, चार क्षेत्र लगायत नेपाल र भारतका प्रशिद्ध तीर्थस्थलहरूलाई एउटै भवनमा निर्माण गरिएको मन्दिरका संरक्षक देवराज प्रपन्नाचार्यले बताउनुभयो ।

बागमती प्रदेश सरकारको २० लाख, हेटौंडा उपमहानगरपालिकाको १७ लाख र स्थानीय श्रमदानसहित कुल ४३ लाख रुपैयाँको लागतमा अक्षयधाम निर्माण गरिएको हो । यस अक्षयधामले धार्मिक तथा पर्यटकीय महत्व बोकेको छ ।

अक्षयधाममा शक्ति प्रादुर्भाव भएका मन्दिरहरू, नेपाल भारतका चारधाम, चार क्षेत्र, त्रिपति बालाजी, बद्रिनारायण, केदारनाथ, पशुपतिनाथ मन्दिर, दश कुण्ड, देवीका दश अवतार, समुन्द्र मन्थन, झुला, अष्ट वैकुण्ठ क्षेत्र लगायतका संरचनाहरू समेटिएको उहाँले बताउनुभयो ।

श्रावण १ गतेदेखि सुरु हुने शिवजीको बोल बम कार्यक्रमको तयारी पनि पूरा भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मन्दिरका संरक्षक देवराज प्रपन्नाचार्यले बोलबममा सहभागी हुन र अक्षयधामको दर्शन गरी पुण्य कमाउन भक्तजनहरूलाई आग्रह गर्नुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*